टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ’मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर…