काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर १४४ रन बनाएको हो। विराटनगरका लोकेश बमले ३५ रन बनाए भने साम हेजलेटले २७ रन थपे। यी दुईले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै…