Logo

Breaking News 1

एसीसी महिला प्रिमियर कपमा नेपालकाे लगातार दोस्रो जित



काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार नेपालले समूह ‘डी’अन्तर्गतको खेलमा भुटानलाई ५१ रनले हराएको हो ।

मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित भुटान अंकविहीन छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो । भुटान हङकङसँग १४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १० : ५४ बजे