काठमाडौँ( २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यही मन्त्रिपरिषदमा गृहराज्यमन्त्री थिए( दीपक बास्कोटा। पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गरेका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुगेका थिए। २०५३ फागुन २९ सम्म सिंहदरवारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रियप्रायस् छन्। आध्यात्मिक यात्रामा जुटेका उनी…