गुन्डु(भक्तपुर) । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन्…