Logo

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन् । उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी पालिकाको नीति तथा कार्यक्रमबारे प्रश्न गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, वडा नम्बर ६ का वडाध्यक्ष नवराज…