Logo

Breaking News 1

सीप र अनुदानबाट पर सुन्तलाको खेती



रामेछाप । कुनै आधुनिक ज्ञान, सीप र प्रविधि, न कुनै प्राविधिक सहयोग । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका किसानले आफ्नै हिसाबले परम्परागत रूपमा सुन्तला खेती लगाउँदै आएका छन् ।

दोरम्बा शैलुङका केही वडाकाको भूगोल सुन्तला खेतीको लागि उपयुक्त हावापानी भएको क्षेत्रमा पर्छ । यहाँका दोरम्बा, टोकरपुर, गुन्साल र लखनपुरका दुईवटा वडा सुन्तला खेती हुने गरेको छ ।

अधिकांश किसानले सुन्तला लगाएका छन् । टेक्सिङ, दर्गा, पूँडी लगायतका क्षेत्रका किसानको वषौंदेखि व्यावसायिक रूपमा सुन्तला खेती छ । ५० घरधुरीभन्दा बढीले खेती भने परम्परागत रूपमै गरेका छन् । परम्परागत खेती गर्दा कुनै याम राम्रै उत्पादन छ भने कुनै वर्ष निकै कम फल्ने गरेको छ ।

गाउँका एउटै किसानको बगैंचामा २ सय बढी सुन्तलाका बोट छन् । ‘घरैपिच्छे सबैका सुन्तला बगैंचा छन्, बगैंचामा ५०÷६० वर्ष पुराना बिरुवासम्म छन्,’ स्थानीय किसान पेमासिं तामाङले भने ।

विगतमा गाउँसम्म सडक पुगेको थिएन । सुन्तलाले आम्दानी दिँदैनथ्यो । अहिले गाउँसम्म पुगेका सडकका कारण सुन्तलाको बिक्रीबाट किसानले फाइदा पाइरहेका छन् ।

वषौंदेखि सुन्तला खेती गर्दै आएका किसानका बगैंचामा न सरकारी अनुदान पुगेको छ, न कुनै प्रविधि र प्राविधिक सहयोग । त्यसैले धेरै किसानलाई बगैंचा व्यवस्थापनको ज्ञान छैन् । न सुन्तला र बोटमा लाग्ने रोगकिरा नियन्त्रणको प्राविधिक ज्ञान छ ।

बगैंचा व्यवस्थापन गर्ने हो भने अहिले भन्दै निकै गुणस्तरीय उत्पादन गर्न सकिने सम्भावना छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : ०१ बजे