काठमाडौं । श्रमजीवि पत्रकार संघको अगुवाइमा पत्रकारहरुले पारिश्रमिक बढाउन माग गर्दै काठमाडौंमा धर्ना दिएका छन् । सोमबार काठमाडौंमा श्रमजीवि पत्रकार संघले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक बढाउन साथै कानुन नमान्ने मिडिया हाउसलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सञ्चार मन्त्रालयले पत्रकारहरुको पारिश्रमिकको विवरण मन्त्रिपरिषदमा पेस गरिसकेको भएपनि…