नेपाली न्यायिक इतिहासमा चोलेन्द्रशमशेर जबरा अब एउटा पूर्वप्रधानन्यायाधीशको नाम मात्र रहेन । उनको कार्यकाल, त्यससँग जोडिएका राजनीतिक विवाद, महाअभियोग, न्यायालयभित्रको शक्ति संघर्ष र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले एउटा गम्भीर प्रश्नका साथै रहष्य उजागर गरेको छ । यसले नेपालमा न्यायालय र राजनीतिक शक्तिबीचको सम्बन्ध कुन तहसम्म गाँसिएको छ भन्ने विचित्रको परिघटना छताछुल्ल पारिदिएको छ ।…