काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । ‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र…