Logo

माओवादीको पूर्वस्थायी कमिटीको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भइरहेको छ । सत्तारुढ गठबन्धन भित्र भागबण्डा मिल्न नसक्दा सकस भएको छ । गठबन्धनले आजको बैठकबाट भागबण्डा टुंगो लगाउने दाबी गरिरहेको छ ।