काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक रहेको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवमा बोल्दै उनले भौतिक पूर्वाधारको विकास वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक रहेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ । वन, जङगल संरक्षण र रक्षाको…