काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध नेकपा (एमाले)ले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमा कार्कीको नियुक्ति संविधानविपरीत भएको भन्दै बदर गर्न माग गरिएको छ। एमालेले कार्की प्रतिनिधिसभा सदस्य नरहेको, सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश भए पनि संविधानको धारा १३२(१) ले न्यायाधीशलाई अन्य पदमा नियुक्ति गर्न नदिने व्यवस्था रहेको र कुनै दलको…