काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ । यो मध्ये दुई पालिका अध्यक्ष जित्नेमा नेकपा एकीकृत समाजवादी मात्र रहेको छ । ०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए ।…