काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ । नेपाली सेनाले हिजोदेखी खोजी जारी राखेपनि आज बिहान बल्ल मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा जाहाज फेला पारेको हो । मृत्यु हुनेमा एकै परिवारका सात जना सदस्य रहेको पुष्टि भएको छ ।…