Logo

मुख्य समाचार

एकअर्कालाई दोषारोपण गरेर देशको समस्या समाधान हुँदैन: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो पटकको संसदमा पनि एकअर्कामाथि दोषारोपण, घोचपेचकै अवस्था देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छ ।

शनिबारको संसद बैठकको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले सम्पूर्ण राजनीतिक दलहरु समझदारीमा गएर देशमा देखिएको समस्या समाधान गर्नमा लाग्नुपर्नेमा जोड दिए ।

देशको अर्थतन्त्र, दलहरुबीच देखिएको समस्या समाधानका लागि सबै फेरी एकपटक एकता र समझदारीमा आउनुपर्ने आवश्यकता रहेको उनको भनाई रहेको थियो ।

‘आज अर्थतन्त्रमा देखिएको समस्या, दलहरुमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय सहमति र समझदारीमा जानुपर्ने बेलामा एकअर्कालाई दोषारोपण गरेर समस्या समाधान हुनेवाला छैन,प्रचण्डले भने ।’

अहिले कुन दलले कति सिट ल्यायो भन्ने भन्दा पनि संघीय लोकतान्त्रीक रक्षाका लागि अगाडि बढेका छौँ कि छैनौँ भन्ने मुख्य कुरा भएको उनको भनाई थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ५५ बजे