Logo

मुख्य समाचार

मोरङमा पुरुषको शव फेला, हत्याको आशंका



काठमाडौं । मोरङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

कटरीमा गाउँपालिका १ महेशपुरमा कटहरी-२ का ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।

आइतबार बिहान खेतमा स्थानीयले श्रेष्ठको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शरिरका विभिन्न भाग चोट पटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनाबारेमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ३० बजे