वीरगन्ज । देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा नेपाली कांग्रेसका नेता अजय कुमार चौरसियाको वीरगन्जस्थित निवासमा तोडफोड भएको छ । स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूको एक समूहले मन्त्री चौधरीको घर अगाडि नाराबाजी गर्दै ईँटा र ढुंगा प्रहार गरेका थिए । यस क्रममा घरको गेट र झ्यालमा क्षति पुगेको बताइएको छ ।…