Logo

बलात्कार आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । बलात्कारको आरोपमा  प्रहरीले नुवाकोटको ककनीबाट एक पुरुषलाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ कोल्पुबाट प्रहरीले ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई पक्राउ गरेको हो । उनले बुधबार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।