Logo

मुख्य समाचार

नम्रता बराल कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नम्रता बरालले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् ।

कास्कीकी बराल कांग्रेस राजनीतिमा मात्रै सक्रिय नभई महिला उद्यमी पनि हुन् । विद्यार्थी जिवन बाटै कांग्रेसको राजनीतिमा सक्रिय बराल पार्टीभित्र विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी छिन् ।

“नीति र नेतृत्वमा महिलाको प्रवेश, सशक्त काँग्रेस समृद्ध देश ” नारा लिएर बरालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

नेपाली कांग्रेसलाई विधिवत् रुपमा शसक्त ढंगले अगाडि बढाउनका लागि आफूले उम्मेदवारी दिएको बरालले बताइन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : २९ बजे