Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

‘मानव अधिकार रक्षाका लागि सबै पक्ष जिम्मेवार हुन आवश्यक छ’: राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारका लागि लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक रहेको बताएकी छिन् ।

७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले हामी सबैलाई मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्दै भण्डारीले भनेकी छिन्, ‘मानव अधिकारको संरक्षण, संवर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर पुग्दैन । यसका लागि सबै क्षेत्र, सबै पक्ष जिम्मेवार र जवाफदेही हुन आवश्यक छ ।’

भण्डारीले मानव अधिकारको संरक्षण, सम्वर्द्धनका विषयमा राज्य र राज्यका निकायहरू मात्र जिम्मेवार भएर नपुग्ने बताउँदै उनले सो कुरा बताएकी हुन् ।

सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चितत गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नु मानव अधिकारको महत्वपूर्ण काम भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले जनचेतनाको विस्तारद्वारा संविधान र कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गरी समाजबाट सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघ संस्थाहरू क्रियाशील रहनुपर्नेमा जोड दिएकी छिन् ।

‘मानव अधिकारको अर्को महत्त्वपूर्ण विषयका रूपमा रहेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार सुनिश्चितत गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नेतर्फ सम्बद्ध निकाय अग्रसर हुनु पर्दछ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति कार्यालयले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ४३ बजे