Logo

मुख्य समाचार

कांग्रेस संस्थापन पक्षको बैठक बालुवाटारमा जारी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

१४औँ महाधिवेशन सुरु हुन १ घण्टामात्रै बाँकी रहँदा पदाधिकारी टुंगो लगाउन भन्दै बैठक बसिरहेको हो ।

पदाधिकारीमा संस्थापन पक्ष साथै इतर पक्षबाट पनि आकांक्षी धेरै भएपछि सबैलाई अहिले टुंगो लगाउन सकस परेको छ ।

इतर रामचन्द्र पौडेल पक्ष पनि पदाधिकारीको टुंगो  लगाउन आन्तरिक छलफलमा  रहेको छ । कांग्रेसको १४औँ महाधिवेशन आज दिउँसो १ बजे काठमाडौंको भृकुटिमण्डपमा सुरु हुँदैछ । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ३८ बजे