काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…