Logo

मुख्य समाचार

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा



काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्मा पेस गरेका हुन् ।

संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए ।

उनले भने,‘सौर्य उर्जा प्रविधिहरुको प्रयोगगरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आईएसएसँग सम्बन्धि करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेकाले यसको अनुमोदन गर्न संसदमा पेश गर्दछु ।’

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  २ : ४२ बजे