Logo

निर्वाचन विशेष

उपनिर्वाचन : इलाममा २० र बझाङमा १९ दल दर्ता



काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : १५ बजे