Logo

‘गोर्खा वारियर’ को प्रिमियरमा द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाजले प्रस्तुती दिने

काठमाडौं । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको निर्देशक चाम्सले बताए ।…