Logo

मनोरञ्जन

प्रहरीले अनुमति नदिँदा रोकियो धनुषको नयाँ चलचित्र ‘डीएनएस’को छायाङ्कन



काठमाडौं । साउथ अभिनेता धनुषले खेल्न लागेको चलचित्र ‘डीएनएस’को छायाङ्कन सुटिङ युनिटविरुद्ध परेको उजुरीका कारण रोकिएको छ ।

धनुष हालैमात्र फिल्म ‘क्याप्टेन मिलर’मा देखिएका थिए । जुन फिल्म हाल पनि प्रदर्शनरत छ । यो फिल्म पछि धनुष नयाँ फिल्मको सुटिङ तयारीमा जुटेका थिए । उनले निर्देशक शेखर कमुलाका साथ फिल्म ‘डीएनएस’ मा काम गर्न सुरु गरेका थिए । फिल्मको केही दृश्य तिरुपतिमा छायाङ्कन गरिनुपर्ने थियो । तर, प्रहरीले अनुमति नदिएपछि यसको सुटिङ रोकिएको छ ।

केही साता अघि फिल्मको मुहुर्त गरेर सुटिङ सुरु गरिएको थियो । फिल्ममा धनुषका अलावा रश्मिका मन्दाना र नागार्जुन प्रमुख भूमिकामा छन् । फिल्मको पहिलो सेड्युल तिरुपतिमा थियो, तर प्रहरीको छायाङ्कन गर्न अनुमति नमिलेपछि सुटिङ रोकिएको छ ।

फिल्मको सुटिङ तिरुपति पहाडको फेदीमा गर्नुपर्ने थियो । यसका लागि बससहित अन्य सवारीसाधनलाई अर्को बाटो पठाउनुपर्यो । यहीकारण त्यहाँ ठूलो ट्राफिक जाम भएको थियो । फिल्मको टिमले मन्दिरका श्रद्धालुलाई मन्दिरबाट बाहिर पठाइदिएका थिए । किनकी उनीहरु गोविन्दराजा स्वामी मन्दिर बाहिर सुटिङ गर्न चाहन्थे ।

यहीकारण फिल्मको टिमविरुद्ध श्रद्धालुले प्रहरीमा उजुरी दर्ता गरे । दर्तापछि तिरुपति प्रहरीले फिल्मको टिमलाई सुटिङको लागि अनुमति दिन अस्वीकार गरेको छ । जसकारण फिल्मको सुटिङ रोकिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ४८ बजे