Logo

मनोरञ्जन

मोदीका कारण भारतमै विवाह गर्दै रकुल र ज्याकी



काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रित सिंह र ज्याकी भगनानी चाँडै वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको दुई दिवसिय वैवाहिक समारोह गोवामा आयोजना हुँदैछ ।

उनीहरुले विदेशमा वैवाहिक गन्तव्य बनाउने योजना बनाएका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयलाई भारत भित्रै आफ्नो विवाह उत्सव आयोजना गर्न आव्हान गरेपछि रकुल र ज्याकीले भारतमै विवाह गर्ने निर्णय लिएका हुन् ।

‘रकुल र ज्याकीले सुरुवातमा आफ्नो विवाह मध्यपूर्वमा गर्ने योजना बनाएका थिए । उनीहरुले यो योजना झण्डै ६ महिनाअघि नै बनाइसेको बताइन्छ । यद्यपि, गत डिसेम्बरमा भारतीय प्रधानमन्त्री मोेदीको नागरिकलाई विदेशमा हैन स्वदेशमै विवाह गर्न आव्हान गरेपछि रकुल र ज्याकीले आफ्नो योजनामा पुनर्विचार गरे र भारतमै विवाह गर्ने निर्णय लिए । उनीहरुले डिसेम्बरको मध्यमा यो निर्णय लिएका हुन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

गत वर्ष प्रधानमन्त्री मोदीले धनी र प्रभावशाली परिवारसँग आफ्नो जीवनका ठूला कार्यक्रम भारतमै गर्न आग्रह गरेका थिए । ‘सबै कुरा निश्चित भइसक्दा पनि रकुल र ज्याकीले देशप्रति आफ्नो प्रेम र देशको अर्थ व्यवस्थामा योगदान गर्ने इच्छाबाट प्रेरित भएर भारतमै विवाह गर्ने निर्णय लिएका हुन्’, स्रोतले भनेको छ ।

रकुल गत वर्ष ‘छतरीवाला’ र ‘आई लभ यू’ नामक फिल्ममा देखिएकी थिइन् । उनी सन् २०२४ मा ‘मे औ मेरी पत्नी’को रिमेक र ‘इण्डियन २’ जस्ता फिल्ममा देखिँदैछिन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५१ बजे