Logo

मनोरञ्जन

फस्टलुकमा ‘स्क्विड गेम सिजन २’



सोल(बलिउड लाइफ) । कोरियन टेलिभिजन सिरिज ‘स्क्विड गेम’ मन नपराउने विश्वमा को होलान् ? दुई वर्षअघि रिलिज भएको यो सिरिजको निरन्तरताका लागि दर्शक प्रतिक्षामा छन् । यो सिरिज पूँजीवादको लुकेको संसारमा आधारित छ, जहाँ ४ सय ६५ खेलाडीहरु बाल्यकालको खेलको श्रृङ्खलामा पैसाको लडाइँमा मृत्युको लागि हताश छन् ।

यो सवैभन्दा पुरस्कृत सिरिज हो । अब यसको दोस्रो सिजन सुरु हुन लागेको छ । सिरिजका सिर्जनाकर्ता ह्वाङ डोङ–ह्युक सिजन २ लिएर नेट्फ्लिक्समा फर्किएका छन् । गी–हुनले पहिलो सिजनमा छोडेको कथाबाट सुरु हुने सिजन २ लाई हेर्न दर्शक उत्साहित छन् । गी–हुन बद्ला खोज्छ, किनकी ऊ खेलको क्रुरताबाट परिवर्तन भएको छ ।

पहिलो सिजनमा गी–हुनले संसार खराब रहेको महशुस गर्छ र उसले संसारलाई फरक तरिकाले देख्छ । उसले आफ्नो जीवनबाट अगाडि बढ्ने प्रयास गर्छ र उसले जितेको नगद पुरस्कार साथीहरुको परिवारलाई दिन्छ । नेटफ्लिक्सले अन्ततः ‘स्क्विड गेम सिजन २’को फस्टलुक सार्वजनिक गरेको छ । दोस्रो सिजनमा गी–हुनले खेलहरु कसरी शुरु भयो र यसलाई राम्रोको लागि रोक्न प्रयास गर्नेबारे जवाफ खोज्नेछन् ।

नयाँ सिजनले फ्रन्टमेन, द सेल्सफेन र ह्वाङ जुन–होलाई फिर्ता ल्याउने मिसन पनि देखाउनेछ । नेटफ्लिक्सले ‘स्क्विड गेम सिजन २’को पहिलो लुक्स इन्स्टाग्रामको अफिसियल हेण्डलमा सार्वजनिक गरेको छ । पहिलो लुक्समा गी–हुनलाई सेल्समेनसँग आमनेसामने भएको देख्न सकिन्छ । अर्की तस्वीरमा खेलका गार्डहरुमध्ये एकजनालाई देख्न सकिन्छ । नयाँ सिजनमा सेलिब्रेटी र ‘स्वीट होम’ स्टार पार्क ग्यु–यङलाई प्नि देख्न सकिन्छ । यो सिरिज सन् २०२४ को अन्त्यमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ५५ बजे