काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचन राम्रो र नराम्रोबीचको लडाईँ भएको बताएका छन् । शनिबार धनुषामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचन सामान्य निर्वाचन मात्रै नभई जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईँ भएको बताएका हुन् । ‘आउने निर्वाचन खाली एउटा सामान्य निर्वाचन होइन, जनताले जित्ने कि…