Logo

Breaking News 1

भारत भ्रमणबारे प्रधानमन्त्री दाहाललाई नेताहरुको फरक फरक सुझाव



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीसहित पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदूतहरुसँग छलफल गरेका छन् ।

छलफलमा सहभागीहरुले भारतसँगको सम्बन्ध सुधार गरेर विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।

छलफलमा सहभागी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री दाहालको भ्रमणका बेला ईपीजी प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई बुझ्न आग्रह गर्न सुझाव दिएको बताए ।

त्यस्तै एमाले नेता समेत रहेका पूर्वपररष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रहितलाई मध्यनजर गरेर सहमति सम्झौता गर्न सुझाव दिएको बताए । सन् १९५० को सन्धि, नेपाल भारत व्यापारमा रहेको व्यापारघटालगाएतका विषयमा छलफल गर्न एमालेले सुझाव दिएको छ ।

पूर्व परराष्टमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा आत्मविश्वासका साथ कुरा राख्न सुझाव दिएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले भने नेपाल एकातिर अजिङ्गर र अर्कोतिर सिंह भएको अवस्थामा रहेकाले बचेर आउन प्रधानमन्त्री दाहाललाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : २३ बजे