Logo

Breaking News 1

रेशम चौधरीलाई रिहाई गर्ने सरकारको निर्णयको आलोचना



काठमाडौं । टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय कटाइरहेका रेशम चौधरीलाई रिहाई गर्ने सरकारको निर्णय विवादित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको निर्णयको विरोध गरेको छ ।

एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद रेशम चौधरीको रिहाइ गर्ने सरकारको निर्णयको विरोध गरेको छ । रास्वपाले चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्थाविपरित रहेको बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : ३१ बजे