काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश पर्किएका छन् । उनी चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । भ्रमणका क्रममा सोमबार मन्त्रीद्वय खनाल र वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम्…