Logo

Breaking News 1

पहिराेमा परेर बाबु-छोरीको मृत्यु, आमा-छाेरी घाइते


१२ श्रावण २०८३, मंगलबार  

92
Shares

गण्डकी । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा पहिराेमा परेर बाबु-छोरीको मृत्यु भएको छ ।

आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारले जनाएकाे छ ।

घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ३६ बजे