इलाम । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि सतहमा आएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद निस्कल राई आफैं सडक जाममा परेपछि उक्त खण्डको समस्या थप चर्चामा आएको हो। सांसद राई आज (शनिबार) इलाम सदरमुकाम आउने क्रममा करिब ३ किलोमिटर लामो राजदुवाली खण्डमा सवारी जाममा…