काठमाडौं । भारतको बिहार राज्यको राजधानी पट्नामा भारतको चिकित्सा शिक्षामा भर्नाका लागि सञ्चालन हुने राष्ट्रिय प्रवेश परीक्षा (निट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षा मन्त्रालयको जवाफदेहिता माग गर्दै नाराबाजी गरेका छन् । प्रदर्शन उग्र हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो…