काठमाडौं । आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाउन लागिएको हो। सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । भूकम्पका कारण आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका…