काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाको धोबिनियामा जग्गासम्बन्धी विवादमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८, धोबिनियामा आज दुई पक्षबीच विवाद हुँदा गोली प्रहार भएको र राजकुमार रायको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली लागेर गम्भीर घाइते भएका रायलाई उपचारका लागि वीरगञ्ज लैजाँदा गर्दा उनको बाटोमै मृत्यु भएको हो ।…