सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो…