Logo

मधेश प्रदेश

सप्तरीमा जसपाको समानान्तर जिल्ला कमिटि गठन


२२ कार्तिक २०८०, बुधबार  

23
Shares

काठमाडौं । सप्तरीमा जनता समाजवादी पार्टी नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ ।

जिल्ला अध्यक्ष र प्रदेश कमिटीका मुख्य सचिवले मनोमानी गरेर संगठन ध्वस्त बनाएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर कमिटी गठन भएको हो ।

जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश कुमार झा, शशीदेबी यादव, निरज मुक्ति, दयानन्द गोइत, कल्पना चौधरी, रामेश्वर यादव, सुचिता यादव, अभिनव यादव, संजय कुमार मिश्र, बिजय यादव, जिवछ मण्डल, चन्द्रनारायण यादवलगायत छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : २३ बजे