Logo

खेलकुद

क्रिकेट संघको मधेश प्रदेश अध्यक्षमा महासेठ निर्वाचित



काठमाडौं । नेपाल क्रिकेट संघको मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट महासेठ अध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा रौतहटका पवनकुमार गुप्ता, सचिवमा सप्तरीका आयुष श्रेष्ठ र कोषाध्यक्षमा बाराका सुवास जयसवाल निर्विरोध निर्वाचित भए ।

निर्वाचित भएका ९ सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका शत्रुघनप्रसाद साह, रौतहटका प्रमोद साह, महोत्तरीका राजीवकुमार झा र मुकेशकुमार साह, धनुषाका आकाश पाण्डे, सिरहाका विकलकुमार विष्ट, पर्साका यावुजान अन्सारी तथा बाराका अनिल कुमार चौगाई छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको निर्वाचन हुन बाँकी छ । बाग्मतीको अध्यक्षमा पूर्वकप्तान पारस खड्काले उम्मेदवारी घोषणा गरेका छन् । क्यानको केन्द्रीय निर्वाचन असोजको पहिलो साता हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ४६ बजे