Logo

पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृतकहरूको शव पोष्टमर्टमको लागि बुटवल पठाइएको छ ।