Logo

कोशी

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु


२० फाल्गुन २०८०, आइतबार  

276
Shares

विराटनगर । कोशी प्रदेशका उदयपुर र खोटाङमा आइतबार भएको बेग्लाबेग्लै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–२ भुल्के मा भएको मोटरसाइकल दुर्घटनामा २० वर्षीय आनन्द चौधरीको मृत्यु भएको छ ।

गाईघाट–फत्तेपुर सडक अन्तर्गत भुल्केमा निर्माणधीन ह्युमपाइपनजिक भएको दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी चढेको स २ प ६६२२ नम्बरको मोटरसाइकल निर्माणाधीन ह्युमपाइप नजिक दुर्घटना भएको थियो ।

यसैगरी, खोटाङमा टिप्परको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१० मा भएको उक्त दुर्घटनामा स्थानीय २५ वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिक्तेलबाट हलेसीतर्फ जाने क्रममा राई सवार स ९ प १२१२ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : २६ बजे