Logo

मधेश प्रदेश

‘डाक्टर भगवान हो, त्यो हिसाबले काम पनि हुनुपर्यो’


२० फाल्गुन २०८०, आइतबार  

138
Shares

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् ।

आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जानकारी दिए ।

प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ उनले भने’ ।

मुख्यमत्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको पनि घोषणा गरे ।

चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्नुहुंदै यसबारे आफू वचनवद्ध रहेको बताए ।साथै सेवाको गुणवत्तामा ध्यान दिनपनि उनले चिकित्सकहरुसंग आग्रह गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ५५ बजे