Logo

खेलकुद

नेपाल ‘ए’ र क्यानडाबीचकाे एकदिवसीय अन्तिम खेल आज


१० फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडाैं । नेपाल ‘ए’ र क्यानडाबीच आज एकदिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम तथा निर्णायक खेल हुँदै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो ।

मंगलबार खेलिएको दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ९ : ०७ बजे