सुर्खेत । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् ।
जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो । अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट त्रिपुरासुन्दरी नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।








प्रतिक्रिया