Logo

समाचार

आज देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना


१३ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आंशिक बदली रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ३३ बजे