Logo

खेलकुद

सकियो राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता, जनजागृती मावि २५ स्वर्ण प्राप्त गरि प्रथम



रोल्पा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा आयोजक समितिद्वारा आयोजित त्रिवेणी गाउँपालिका स्तरीय अन्तर्गत माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ कार्यक्रम सम्पन्न भएको छ ।

जम्मा ४४ स्वर्ण मध्ये २५ स्वर्ण प्राप्त गरि श्री जनजागृति माध्यमिक विद्यालय प्रथम भएको हो भने १३ स्वर्ण प्राप्त गरि श्री अरनिको माध्यमिक विद्यालय द्वितिय र २ स्वर्ण प्राप्त गरि श्री जनकल्याण माध्यमिक विद्यालय तृतीय भएको त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक अमृत वलीले जानकारी दिनु भएको छ । समापन कार्यक्रमको अध्यक्षता त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको रहेको थियो । त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, त्रिवेणी गाउँपालिका–२ का वडा अध्यक्ष कविराज बुढा मगर, ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी, त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रकाश पुन, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रहरी चौकी जुगारका इन्चार्ज, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको आतिथ्यतामा प्रतियोगिताको समापन भएको प्रेस संयोजक वलीको भनाइ रहेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गते देखि १७ गतेसम्म त्रिवेणी गाउँपालिका स्थित श्री जनजागृती माध्यमिक विद्यालयको खेलमैदानमा जारी रहेको थियो भने प्रतियोगितामा एथलेटिक्स, कबड्डी र भलिबल लगायतको आयोजना गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रोल्पाको त्रिवेणी गाउँपालिका भित्रका करिब १२ वटा सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : १३ बजे