Logo

अर्थ

महुली लघुवित्त संस्थाको लाभांश घोषणा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८/७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित ५५ नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र महुलीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ३५ बजे