Logo

मुख्य समाचार

संयुक्त अपिल जारी गर्ने बिषयमा गठबन्धनको सहमति



काठमाडौं । स्थानिय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो । उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ०६ बजे